स्याङ्जा समाज युके द्वारा नेपाली समाज विल्शायरका जेष्ठ नागरिकलाई फेस मास्क तथा ह्यन्ड स्यानिटाइजर प्रदान
हाल विश्व भर फैलिरहेको कोरोनाको प्रकोप विरुद्व सहयोग स्वरुप स्याङ्जा समाज युके द्वारा नेपाली समाज विल्शायरका जेष्ठ नागरिक सदस्यहरुलाई ४०० थान फेस मास्क (Face mask) र ७० बोतल ह्यन्ड स्यानिटाइजर (Hand Sanitiser) प्रदान गरिएको छ।
उक्त सामग्रीहरु गत ५ नोबेम्बर २०२० दिन स्याङजा समाज युकेका सल्लकार स्विन्डनबसोबास गर्नु हुने श्री राजन कुमार क्षेत्रीको हातबाट नेपाली समाज विल्शायर स्वीन्डन जेष्ठ नागरिक सह-समितिका संयोजक तथा जेष्ठ नागरि समितिका अध्यक्ष श्री रञन मल्ललाई हस्तण्क्षरण गरिएको थियो। यस महामारीको समस्यलाई मध्यनजर गर्दै भावपुर्ण सेवा प्रदान गरिदिनु भएकोमा स्याङजा समाज युकेका अध्यक्ष श्री सारदा गुरुङ लगायत सम्पुर्ण सदस्यहरुमा नेपाली समाज विल्शायरका अध्यक्ष श्री ज्ञान प्रसाद गुरुङ तथा जेष्ठ नागरिक सदस्यहरु हार्दिक धन्यबाद ज्ञापन गर्दछौ।
साथै भविष्यमा पनि दुई समाज बिचको सम्बन्ध सदा गहिरो रहि रहेनछ भन्ने विस्वस्त को साथ सदभाव पुर्ण धन्यबाद।