
NEPALESE ASSOCIATION OF WILTSHIRE
(NAW)
नेपाली समाज विल्शायर

MTM Award Winner 2019 & 2020
बेलायतको लागि नेपाली राजदुत, डा. दुर्गा बहादुर सुबेदी द्वारा नेपाली समाज विल्शायरका जेष्ठ नागरिकहरुसग भेट वार्ता कार्यक्रम सम्पन्न
- NAW Correspondence
Swindon, बेलायत - नेपाली समाज विल्शायरका (NAW) जेष्ठ नागरिक उप-समिति द्वारा नेपाली राजदुत सँग गरिएको भेट वार्ता कार्यक्रम गत १० अगष्ट २०१८ शुक्रबारको दिन स्विण्डन स्थित बर्कहष्ट कम्युनिटि हलमा सफलताको साथमा सम्पन्न भएको छ । उप-समितिको संयोजक श्री दुर्गासिङ गुरुङको अध्यक्षता मा आयोजन भएको उक्त कार्यक्रमको सन्चालन उप-समितिका सचिब श्री रन्जन मल्ल ले गर्नु भएको थियो ।
मुख्य अतिथि बेलायतको लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी र वहाँको धर्म पत्नी पुनम राज्यलक्ष्मी सुबेदी दिनको अपहरण दिउसो १:३० बजे कार्यक्रम स्थानमा आईपुग्नु भएको थियो। राजदुत साथै वहाको धर्म पत्नी लाई स्वागत गर्नको लागि जेष्ठ नागरिक पुरुष तथा महिला सदस्यहरु लाईनमा हर्ष मुद्रको साथमा उभिएका थिए । राजदुतको आगमनमा उप-समितिका संयोजक दुर्गासिङ गुरुङले खाँता र फुलको गुच्चा अर्पण गर्नु भई स्वगत गर्नु भएको थियो भने अन्य सदस्यहरुले पनि खाँता र फुलको गुच्चा सहित राजदुत दम्पतीलाई न्यानो स्वागत टक्र्याउनु भएका थिए। ।
त्यसै गरि खानाको प्रबन्ध उप-समितिका सदस्य श्री याम बहादुर मल्लको नेतृत्वमा गरिएको थियो भने कार्यक्रमको अन्य अवसिय बन्दोबस्तहरु श्री जंग बहादुर थापाको अगुवाईमा भएको थियो। मुख्य अतिथिहरुलाई औपचरिक आसन ग्रहण गर्नु हुदै सचिब रन्जन मल्ल द्वारा छोटो स्वगत तथा धन्यबाद मन्तब्य राख्नु भएको थियो । यबमरितले बिभिन्न वक्तहरुले बिषेश धन्यबाद भाषण टक्र्याउनु भएका थिए भने अतिथिहरुको लागि बिषेश स्वागत उपहारको रुपमा सांस्क्रिति नृत्य सुश्री अस्मिता लिम्बुद्वारा प्रस्तुत गरिएको थियो।
बिषेश धन्यबाद मन्तब्य राख्नु हुदै, राजदुतले स्विण्डनमा अवस्थित नेपाली जेष्ठ नागरिकहरुले गरेका उल्लेखेनिय कार्यहरु साथै नेपाली पराम्परालाई जिवित राख्न निभाएका भुमिका हरुलाई औल्याउदै प्रशंसा गर्नु भएको थियो। कार्यक्रममा अधिक संख्यामा उपस्थित हुनु भएका जेष्ठ नागरिकहरु सँग राजदुत र वहाको धर्म पत्नीले प्रत्यक्ष रुपमा भेटनु भई भलाकुसारी गर्नु भएका थिए ।
अन्तमा, जेष्ठ नागरिकका महिला सदस्यहरु द्वारा तयार पारिएका स्वदिष्ट नेपाली भोजन अतिथिहरु साथै कार्यक्रममा उपस्थित सम्पुर्णलाई पस्किएको थियो ।


“जय NAW”
Click below on photo album below