top of page
viber_image_2020-04-28_19-21-43.jpg
PayPal ButtonPayPal Button

हाल विश्वमा फैलिरहेको COVID-19 को महामारी प्रकोप र यसको नकरात्मक प्रभाव मानिसको साधारण जन​-जीवनमा उद्रेक  र​ अकल्पनीय छ भन्ने सबैलाई बिधित भ​एकै हो। जसको स्वरुप ​बेलायतमा पनि यस महामारीको संघर्ष गर्ने क्रम जारी छ ।

तपाईहरुलाई थाहा भइसकेको हुन सक्छ कि बेलायतल सरकारले हालै आम जनतासँग NHS Trust को लागि आर्थिक सहयोग​ संकलन अभियन​ थालनि गरेको छ। स्थानीय रूपमा स्विण्डन स्थित​ NHS Great Western Hospital ले पनि COVID-१९ विरुद्द् Brighter Future नामक Charity द्वारा जन​- समुदायमा आर्थिक सहयोगको अपील आहवान गरेको छ। फलत: स्विन्डनका कैयौं व्यक्ति तथा संगठनहरूले यस महान​ उद्देश्यका लागि उदारतापूर्वक चन्दा दिन थालेका जानकारी यहाँहरुलाई अवगत गराउन चहान्छुँ ​।

समुदायमा परिआएको हर​ कठिन​ समस्य र सकंटमा स्थानिय निकायहरुलाई नेपाली समाज विल्शायरले पनि सक्दो सहयोग गर्न पर्छ भन्ने मान्यताका साथ वर्तमान कार्यसमितीले आर्थिक​ सहयोग सकंलनको गर्ने निधोको साथ संकलन प्रक्रिय अगाडि बढाएको छ​​ । वर्तमान समय परिस्थिति पक्कै पनि गार्हो छ तर "एक थुकी सुकी सय थुकी नदी" भने जस्तै तपाईहरुको स्वेच्छा अनुरुपको सहयोगले पक्कै पनि NHS को आकाक्षंकारी सहयोग अपिलको लागि केहि हदमा मद्दत हुनेछ भन्नेमा हामी विस्वस्त छौ ​।

सहयोग अपिल पूर्ण रूपमा स्वयंसेवी तथा व्यक्तिको स्वेच्छ अनुसार​ प्रदान गर्न सक्नु हुनेछ भने, यसमा कसैलाई अनिवार्यता छैन भन्ने कुरालाई पनि पुष्टि पार्न चहान्छुँ। साथै, सहयोग संकलन अवधि आजको मितिबाट मात्रा तिन हप्ता राखिने जानकारी गराउन चहान्छुँ।

यस मानबीय कार्यको लागि स्वेच्छले सहयोग गरी योगदान गरिदिन​ हुन सादर अनुरोध गर्दै निम्न बैँक खातामा जम्म गरी दिनुहुन हार्दिक आह्वान गर्दछौ।

Nepalese Association of Wiltshire
Sort code: 30-98-41
Account No: 00193918
Reference: कृपया तपाईह नाम राख्नु होला |

Or you can use "Donate" button above to make your donation

bottom of page