top of page

नेपाली समाज विल्शायर स्विण्डन द्वारा हाल लकडाउन (Lockdown) मा बस्नु भ​एका समाजका जेष्ठ नागरिकहरुलाई खद्दान्न सामाग्री खरीद तथा बितरण सहयोग परिचालन​

विश्वव्यापी रुपमा फैलिएको माहामारी रोग COVID-19 वेलायतमा पनि निकै आक्रामक रुपमा फैलिदै गएको छ । यो कोरोना भाईरसको कारण सरकारले लकडाउन घोषणा गरेको कुरा हामी सबैमा सर्वविदिदै छ । जसको कारण अति आवस्यक वस्तु किनमेल गर्न र डिउटीमा जाने बाहेक अन्य कृयाकलाप गर्न बन्देज भएको परिवेशमा स्विण्डन​ (Swindon) स्थित नेपाली समाज बिल्शायरले पनि COVID-19 बिरुद्ध एउटा अभियान सन्चालन गरेको छ ।

यसको मुख्य उदेश्य यस समाजमा रहनु भएका असहाय तथा बृद्व-बृद्धा र सेल्फ क्वारेन्टाईनमा रहनु भएका सदस्यहरु लाई सेवा पुर्याउनु रहेको छ​। यो कार्य सफल बनाउनको लागि सिङ्गो कार्य समितिका सदस्यहरु तथा अन्य स्वयम सेवक साथीहरु द्धारा आवस्यक परेका परिवारको मागलाई पुरा गरिरहेको र यस बाट प्रत्यक्ष रुपमा थुप्रै परिवार लाभान्वित भएको जानकारी गराउदछौ ।

viber_image_2020-04-11_18-52-41.jpg

आवश्यक खद्दान्न सामाग्री खरीद गर्ने क्रम​

0-02-0a-442e1c39fb8b711819666ac9032274a2

अध्यक्ष ज्ञान गुरुङ खद्दान्न लोड गरेर बितरणको लागि तयारीमा

अन्तमा यो बिषम परिस्थितीमा हाम्रा स्वयंसेवक साथीहरु अनि अग्रपंतिमा रहेर काम गर्नु हुने सम्पूर्ण चिकित्सक, सबै प्रकारका स्वास्थ्यकर्मी, सबै प्रकारका सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सञ्चारकर्मी र सरसफाईको काम गर्ने सम्पुर्ण श्रमिकहरूमा नमन ।
 


नेपाली समाज विल्शायर (NAW)
MTA AWARDS WINNER 2019

 

bottom of page