top of page

नेपाली समाज विल्शायर स्विण्डन (Swindon) द्वारा तयार पारिएको कोरोना भाईरस (COVID-19) सम्बंधित सरलता र ज्ञान्बर्दक भिडियो,  जुजसमा क्षेत्रमा प्रतक्ष्य रुपमा काम गरिरहनु भएका नेपाली स्वस्थ्य कर्मीहरुका (Nurse) बिषेश प्रस्तुतिलाई समावेश गरिएको छ।

अहिले सम्पुर्ण विश्वमा कोरोना भाईरसको बिगबिगीको अवस्थामा संचार माध्यमबाट सम्प्रेषित हुने सम्पुर्ण सुचना प्रवाह हरु अंग्रेजी माध्यम बाट भ​एकोले नेपाली समुदायमा विषेश गरी ज्येष्ठ नागरिक हरुमा कोरोना भाईरसको विषयमा सम्पुर्ण जान्कारी हरु उपलब्ध गराउनको निम्ती नेपाली समाज विल्टशायर (स्विन्डन​) ले स्विन्डन ग्रेट वेस्टर्न हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मी वरिष्ठ नर्स श्रीमती शर्मिला श्रेष्ठ ज्यु र नर्स सुश्री प्रमिला मुखिया ज्यु लाई सहभागी बनाई कुराकानीको आधारमा आईतबार​, १० मे २०२० को दिन भिडियो कार्यक्रम रेकर्ड गरेको थियो र उक्त कार्यक्रम अहिले ससांर भरी शेयर गरिएको छ​। उक्त कार्यक्रम लाई सम्पुर्ण नेपाली दर्शक हरुले अति उपयोगी जानकारीमुलक रुपमा लिनु भ​एको छ​।

 

उक्त कार्यक्रम मा सहभागीता जनाउनु हुने स्वास्थ्यकर्मी दिदिहरु को योगदान लाई नेपाली समाज विल्टशायर (स्विन्डन​) ले उच्च मुल्याकंन गर्दै हार्दिक धन्यबाद दिन चाहन्छ​। साथै कार्यक्रम लाई सफल बनाउनको निम्ती क्यामराको पछाडी महत्वपुर्ण भुमिका निभाउने नेपाली समाज विल्टशायर (स्विन्डन​) का सचिव श्री भवानी गुरुङ​, मिडिया सयोंजक श्री ईन्द्रेश गुरुङ र सम्पुर्ण व्यस्थापन हेर्ने अध्यक्ष श्री ज्ञान प्रसाद गुरुङ ज्युलाई पनि धन्यबाद दिन चाहन्छु। 

 

खगेन्द्र गौचन​
उपाध्यक्ष​
कार्यक्रम सयोंजक​, प्रस्तोता
नेपाली समाज विल्टशायर (स्विन्डन​)

97045154_3533228963373460_74528047458376
Left: Sister nurse Sarmila Shrestha
Middle: Vice President, Khagendra Gauchan
Right: nurse Pramila Mukhiya
97412800_3533229086706781_10484895294234
Heroes behind the camera:
Left: President, Gyan Gurung
Middle: Media Coordinator, IndreshGurung
Right: Secretary, Bhawani Gurung
bottom of page