
NEPALESE ASSOCIATION OF WILTSHIRE
(NAW)
नेपाली समाज विल्शायर

MTM Award Winner 2019, 2020 & 2021
नेपाली समाज विल्शायर द्वारा Swindon Cup 2018 अधिक सफलताको साथ सम्पन्न
- NAW Correspondence
Swindon UK - नेपाली समाज विल्शायर द्वारा आयोजन हुने स्वीन्डन कप २०१८ सालमा पनि सफलताको साथ सम्पन्न भएको छ। वर्तमान कार्य समितिको अध्यक्ष श्रिमान लाल सिरिशको नेतृत्व र सचिब मञु बुरा मगरको व्यवस्थपनमा, सम्पुर्ण कार्य समिति का सदस्यहरु साथै अन्य सह-समितिहरु, महिला सह-समिति, जेष्ठ नागरिक सह-समितिको सक्रिय भुमिका रहेको यस कार्यक्रम गत शनिबार २१ जुलाई २०१८ को दिनमा न्यु कलेजको बिशाल खेल मैदानमा भएको थियो। यस भव्य कार्यक्रमको थप आवश्यकिय व्यस्थपनहरु उप-अध्यक्षहरु श्रिमान ज्ञान गुरुङ र श्रीमती पुष्प लिम्बुको प्रयासमा बन्दबस्तो गरिएको थियो भने नेपाली खानाका परिकारहरु महिला सह-समितिका संयोजक रितु मल्ल साथै उक्त सह-समितिका सदस्यहरुले गरेका थिए। त्यसै गरि अध्याधिक मात्रामा स्वादिला बिबिक्युको बन्दबस्तो कार्य समितिका खानपान सँयोजक जय काला बाट भएको थियो।
व्यवस्थापनको दृष्टिकोणमा अति नै चुनौतीपूर्ण यस कार्यक्रमको विषेस उद्देश्य फुटबल प्रतियोगिता रहेता पनि उत्तिकै आकर्षित र रोचकको विषय बन्दै गएको पुरुष तथा महिला समुहको भलिबल प्रतियोगिता जोड तोडका साथ सम्पन्न भएको थियो। फुटबल प्रतियोगिता तर्फ सबै क्याटोगोरी तर्फ गरेर टिमहरुको १२ वटा सहभगिता रहेको थियो भने, भलिबल प्रतियोगिता पुरुष टिमहरु र महिला १६ वटा टिमहरुको सहभगिता रहेको थियो।
फुटबलको फाइनल खेल स्विण्डन र Team Tidworth बीचको घम्साघम्सी खेलमा स्विण्डनले Tidworth लाई पराजित गराई पहिलो चोटि आफ्नै स्थानिय मैदानमा स्विण्डन कपको बिजेता हुन सफल भएको छ। त्यस्तै गरेर, Veteran तर्फ खेलमा टिम FC Tidbul ले कप हात पार्न सफल भएको छ। उता भलिबलको पुरुष तर्फको खेलमा Reading स्थित भलिबल टिम Mona UK उत्कृष्ट खेल पर्दशन गरि नगद पुरस्कार १,००० पाउण्ड स्टर्लिङ र शिल्ड हात पारि बिजेता बनेका छन भने महिला समुह तर्फको भलिबल प्रतियोगितामा Team Winchester ले बिजेता को सहित नगद पुरस्कार ४०० पाउण्ड स्टर्लिङ साथै शिल्ड जित्न सफल भएका छन।
बिभिन्न खानाहरु र व्यापारिक स्टलहरुले सजिसजावट भएको मैदान अधिक सख्यमा दर्शकहरुको उपस्थित रहेका थिए । बिषेशता, यस कार्यक्रम नेपालबाट पाल्नु भएका ख्यातिप्राप्त अभिनेता राजेश हमाल साथै बरिष्ठ पत्रकार दिल भुसन पाठकको उपस्थितिले कार्यक्रमको शोभालाई उच्च तहमा पुर्याईएको आभास सबैलाई लागेका थिए। त्यसै गरि कार्यक्रममा सांस्क्रिति संयोजक ललिता थापाको संयोज्क्तामा सांस्क्रिति प्रस्तुतिहरु प्रदशर्न गरेका थिए भने जेनिस मार्सलार्टका प्रशिक्षक श्री सन्देश गुरुङको प्रायोजनमा तेकन्डो खेलाडीहरु द्वारा तेकन्डोको उत्कृष्ठ पर्दसन गरेका थिए।
नेपाली समाज विल्शायरको बार्षिक पात्रोमा एक महत्वपुर्ण स्थान ओगटेको यस स्विण्डन कप कार्यक्रमलाई बिभिन्न क्षेत्रहरुमा यसै समाजका केहि बिषेश व्यक्तिहरुले उत्कृष्ट मद्द्त गर्नु भई ठुलो योगदान पुर्याउनु भएका, क्रमश: टंक राई, खगेन्द्र राज गुरुङ, तारा लिम्बु, याम गुरुङ आस्रा राई, श्याम पुन हरि सुर्य गुरुङ र भुवन गुरुङ रहेका छन् । यवमरितले जेष्ठ नागरिकका सह-समितिका सदस्यहरु साथै सल्लकारहरु ले पनि उत्तिकै दरिला भुमिका निभाई कार्यक्रम सफलताको लागि उल्लेखनिय मद्द्त पुर्याएका थिए ।
त्यसै गरि यस कार्यक्रमको अभिन्न अंगको रुपमा रहेका Football Association of Wiltshire ले फुटबल खेलको refree को प्रायोजन प्रदान गरेका थिए भने M & M Medical Service द्वारा आकस्मित एम्बुलेन्स तथा मेडिकलको सेवा उपलब्ध गराईएको थियो। खेलाडीहरुको लागि खेल अगाडि पुर्व स्वस्थ check-up सेवा श्रिमती प्रमिला मुखियाको नेतृत्वमा Swindon NHS Wellbeing check द्वारा उपलब्ध गराईएको थियो।
कार्यक्रमलाई आर्थिक रुपमा टेवा पुर्याउनु हुने प्रायोजकहरु क्रमश: काठमाण्डौ रेष्टुरेण्ट, हिमालयन ग्रुप ट्रेडिङ प्रा लि, ग्रेसी ज्वेलरस, गोर्खा शप रहेका छन् । मुख्य खेलकुद आयोजक रहनु भएका, कार्य समितिका सह-कोष अध्यक्ष बालविक्रम शाही र नरेन्द्र रिजाली मगरको अथक प्रयास र बृतान्त व्यवस्थित पुर्व तयारीका कारण फलस्वरुप: बिगतको वर्षहरुमा भन्दा यस वर्षको Swindon Cup धेरै सफलताको साथ सम्पन्न भएको आयोजकहरु लगायत सर्वसाधरणहरुले महसुस गरेका थिए ।




जय NAW
