
NEPALESE ASSOCIATION OF WILTSHIRE
(NAW)
नेपाली समाज विल्शायर

MTM Award Winner 2019, 2020 & 2021
नेपाली समाज विल्श्यार द्वारा नेपाली नयाँ बर्ष २०७५ भव्यताका साथमा मनाइयो
स्वीन्डन, विल्श्यारमा बसोबास गर्दै आएका तमाम नेपालीहरुले १३ अप्रिल २०१८ शुक्रबारका दिन नेपाली नयाँ बर्ष २०७५ भब्यताका साथ अत्याधिक हर्ष उल्लासका साथ मनाए । हालै चयन गरिएको नेपाली समाज विल्श्यारको सातौ कार्य समितिको संयोजक्तामा व्यवस्थित गरिएको कार्यक्रमको तयारीमा सो दिन बिहानै देखि समाजका स्वयंसेवकहरु को मद्द्तमा व्यस्तताको साथमा जुटेका थिए । नव नियुक्ति समाजका अधक्ष्य श्रि लाल शिरिसको नेतृत्वमा कार्यक्रमको पुर्व तयारी र ब्यस्थापन हरेक क्षेत्रमा प्रासंगिक कार्य समितिका सदस्यहरुले आ-आफ्नो जिम्मेवारी प्रभाकारी साथ निभाएका थिए । नयाँ वर्ष २०७५ लाई भव्य स्वागत गर्न झण्डै, ४०० (चार सय) को संख्यमा विल्श्यार बासी नेपाली सदस्यहरु प्रसन्न मुद्रामा गोर्स हिल स्थित पँजाबी कमुनिटी हलमा भेला भएका थिए ।



कार्यक्रममा बिशिष्ट अतिथिहरुको रुपमा, स्वीन्डनको मेयर (Mayor of Swindon) पदमा रहनु भएका मेयर म्वरिन पेनि (Mayor Maureen Penny), हाल काउन्सिलरका नेतृत्व (Leader of Council) गर्नु हुने काउन्सिलर डेबिड रेनार्ड (Leader of Council, David Renard) साथै वहाँको धर्म पत्नि, काउन्सिलर डेबिड बेल (Councillor David Bell) साथै वहाँको धर्म पत्नि, स्वीन्डनका पुर्व जातिय तथा समानता निर्देशक (Director of Racial Equality Commission) पदमा रहनु भएको श्रि जिगेन्द्र वासी, लगायत नेपाली समाजलाई स्वयंसेवकको रुपमा महत्वपुर्ण योगदान दिनु भएको डा. क्रिश्यिन टिपर (Dr. Christine Tipper) हरुको उपस्थित रहको थियो ।
कार्यक्रममा विबिध सामाग्रीहरुको समावेश गरिएको थियो। जसमा, यसै वर्ष समाजको अधिकतम आजीवन सदस्यता लिनु भएका सम्पुर्ण सदस्यहरुलाई प्रमाण पत्रको साथमा सम्म्मान गरिएको थियो । त्यसै गरी, हालै बिबिध क्षेत्रमा उच्च शिक्षा (Master Degree, Bachelor Degree) हासिल गर्नु भएका समाजका युवा सदस्यहरुलाई स्विन्डन मेयरको बाहुलीबाट प्रमाण पत्र हस्त्रण्तर गर्नु भई सम्मान गरिएको थियो भने, पुर्व कार्य समितिका सदस्यहरुलाई धन्यबादका साथमा भव्य सम्मान गरिएको थियो । कार्यक्रममा समावेश गरिएका बिबिध नेपाली संक्रिति नृत्यहरुको मनोरञात्मक पर्दशन पछि, नेपाली समाज स्विन्डन जेष्ठ नागरिक उप-समितिका सचिब श्रि रन्जन मल्लको संयोजक्तामा बिभिन्न आकर्षक पुरस्कारहरुको साथमा राफल ड्र सञ्चलान गरिएको थियो, जस मध्ये, समाजद्वारा प्रायोजक गरिएको आधा तोला सुन प्रथम पुरस्कारको रुपमा राखिएको थियो ।
कार्यक्रमको महत्वपुर्ण बिषेशता नयाँ वर्ष २०१७५ लाई समाजका वर्तमान तथा पुर्व अधक्षयहरु, लगायत उपस्थित हुनु भएका बिषेश अतिथिहरुको हातबाट पटेका पट्काउनु भई धुमधामको साथ स्वागत गरिएको थियो । कार्यक्रमको अन्तमा, उपथित सम्पुर्ण सदस्यहरुले मिठा-मिठा नेपाली सांगितिक गितहरुको धुनमा नाच्दै भरपुर मनोरञन लिएका थिए ।

