top of page

नेपाली समाज विल्शायर उप-समिति जेष्ठ नागरिकद्वारा ब्रैटर फ्युचर (Brighter Future) नामक कल्याण्कारी (Charity Program) कार्यक्रम सफलताको साथ सम्पन्न

स्विण्डन​, बेलायत - नेपाली समाज विल्शायर उप-समितिका जेष्ठ नागरिकहरु द्वारा गत शनिबार​, २८ अप्रिल २०१८ को दिनमा बोकहर्सट कम्युनिटी हलमा ब्रैटर फ्युचर (Brighter Future)  नामक कल्याण्कारी कार्यक्रम (Charity Program)  सफलताको साथमा सम्पन्न भ​एको छ​। मुख्य उद्देश्य चन्दा संकलन गरि स्विण्डन स्थिति Great Western Hospital मा अभावित क्यान्सर उपचारको लागि चाहिने महत्वपुर्ण उपकरण  RADIOTHERAPY  खरीदको लागि अपिलको रुपमा आयोना गरिएको थियो। 


     Radiotherapy मेशिनको अभावले गर्दा, ग​एका दिनहरु र हाल क्यान्सरका पिडितहरु Radiotherapy उपचारको लागि स्विण्डन वरिपरिका शहरहरुमा जानु पर्ने ब्यध्यता भ​एका कार्यक्रमका सल्लकार​ काउन्सिलर डेबिड बेलले (Councilor David Bell) उक्त कार्यक्रममा बताउनु भयो। उप​-समितिका सचिब श्री रन्जन मल्लको समन्वय मा कार्यक्रमको गतिलाई अगाडि बढाउदै अधक्षय, श्री दुर्गासिङ्क गुरुङ्को छोटो मन्तव्यको साथमा सुचारुप गरिएको थियो।

अध्याधिक संख्यमा उपस्थित जेष्ठ नागरिकहरु दिनको बिहानै देखि ब्यस्तताको साथमा हर क्षेत्रमा तयारी गरिरहेका पाईन्थे। कार्यक्रममा पाल्नु भ​एका कार्यक्रम प्रति शुभचिन्तकहरुलाई नेपाली खानाको व्यवस्थाको प्रवधन गरिएको थियो। ​यवमरितले, छुटा-छुट्टै टोलीहरु टिकट बिक्रीमा, पेय पदार्थ बिक्रीमा र भान्छामा खटिएर । त्यसै गरि, कार्यक्रममा NAW का युवा टोलीले विभिन्न मनोरञात्मक सास्क्रिति नृत्यहरु प्रदशन गरेर योगदान पुर्याएका थिए। अन्तमा, उपस्थित भ​एका समस्त बृद्वा तथा युवाहरु हासी-खुशीका साथमा नाचगान गरि एक​-आपासमा रमाएर कार्यक्रमको बिट मारेको थियो।

स्मरण रहोस्, चन्दा संकलन गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको यस पुर्ण कार्यको लागि हाल सम्ममा £५,४३८ (पाँच हजार चार सय अठ्तिस​ पाउण्ड स्टर्लिङ्) को ठुलो धनराशी उप​-समितिको खातामा जम्मा भ​ईसकेको र रकम आउने क्रम अझै जारी रहेको जानकारी समितिका सचिब रन्जन मल्लले बताउनु भ​एको छ​।

                         "जय NAW !!"

bottom of page